२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल टी-२० लिग: आज दुई खेल हुँदै

नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आज शनिबार दुई खेलहरु हुँदैछन्।

शनिबारको पहिलो खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्सबीच हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ।

लिगको शीर्षस्थानमा रहेको लुम्बिनी अपराजित यात्रालाई कायम राख्न चाहान्छ भने पोखरा दोस्रो जितको खोजीमा हुनेछ। लुम्बिनी ५ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। त्यस्तै ६ खेलमा एक खेल जितेको पोखरा २ अंक पाँचौ स्थानमा रहेको छ।

त्यस्तै दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किंग्सबीच भिड्दैछन्। खेल दिउँसो १ बजे बाट सुरु हुनेछ।

जनकपुर चार खेलमा ३ जितसहित ६ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। विराटनगरभने चार खेलमा २ जित निकाल्दै ४ अंकका साथ तालिकाको चौथो स्थानमा छ।

दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ।

प्रकाशित: १६ पुस २०७९ ०३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App