२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रोनाल्डो कीर्तिमानी मूल्यसहित साउदीको अल नसर क्लबमा अनुबन्धित

तस्बिर: अल नसर क्लबकाे फेसबूकबाट।

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्धित भएका छन्।

स्पेनिस पत्रिका मार्काले रोनाल्डो अल नसरमा अनुबन्ध भएको जनाएको छ। यस्तै साउदी अरेबियाको अलअरबिया डट नेटले समेत रोनाल्डो अल नसरअ अनुबन्धित भएको जनाएको छ।

रोनाल्डोलाई कीर्तिमानी मूल्यसहित उक्त क्लबमा दुई वर्षको सम्झौता गरेको अलअरबियाले जनाएको छ। नसरले रोनाल्डोलाई वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर गरेको थियो।

३७ वर्षीय रोनाल्डोले म्यानचेस्टर युनाईटेड छाडेपछि क्लब विहीन रहेका थिए। रोनाल्डो गत वर्ष मात्र इटासलएन क्लब युभन्टस्बाट युनाईटेडमा आएका थिए।

तर, मुख्य प्रशिक्षक एरिक टेन हागसँगको विवादपछि उनले क्लब छाडेका हुन्। पाँच पटकको बालेन डीुओर विजेता रोनाल्डो १२ वर्षपछि युनाईटेड फर्किएका थिए।

यस अघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए। उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए। त्यस समय उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए।

रोनाल्डो इंग्लिस क्लब छाडेर २००९ मा स्पेनिस क्लब रियल मड्रिड गएका थिए। रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए। युभेन्ट्सबाट उनी पुनस् ओल्ड ट्राफोर्ड आएका थिए।। रोनाल्डोले दोस्रो बसाईमा युनाईटेडका लागि ४० प्रिमियर लिगमा १९ गोल गरेका थिए।

प्रकाशित: १६ पुस २०७९ ०२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App