२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

प्राज्ना र हनीको जोडी च्याम्पियन

फाइल तस्वीर

नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडी २०औं जयकर स्मृति एटिएफ यु-१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-२ को गर्ल्स डबल्समा शुक्रबार च्याम्पियन भएको छ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्राज्ना र हनीको जोडीले नेपालकी स्वस्तिका विष्ट र भारतकी सान्भी रेडी भुनद्यालाको जोडीलाई ६-४ र ६-३ को सोझो सेटमा पराजित गर्‍यो। मन जयकर टेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज डबल्समा हङकङका की छियोङ मोरिस ताङ र वान हिम दोनोभन यिमको जोडीले शीर्ष स्थान कब्जा गर्‍यो। उक्त जोडीले फाइनलमा भारतका सिद्धार्थ जिबु र भिभान मिर्धाको जोडीलाई ७-५ र ६-३ को सोझो सेटमा हरायो।

प्रतियोगिताको अन्तिम दिन शनिबार ब्वाइज/गर्ल्स सिंगल्सका फाइनल हुनेछन्। ब्वाइजमा नेपालका राजवीर प्रधान र हङकङका ताङ भिड्नेछन्। गल्र्सको पहिलो स्थानका लागि भारतकी सराह चौधरीले आफ्नै राष्ट्रकी तनिसा भट्नागरसँग प्रतिस्पर्धा गर्नेछिन्।

प्रकाशित: ९ पुस २०७९ ०२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App