लिले– वेल्समा एउटा शव्द निकै चर्चित छ, ‘ह्विल। उनीहरुको भाषामा यसको अर्थ अनुराग, भावना वा आध्यात्म हुन्छ।
वेल्सको फुटबल टोली अहिले युरोपियन च्याम्पियनसिपको सेमीफाइनलमा पुगेको छ । यहाँसम्म आइपुग्दा वेल्सले प्रवल दावेदार मानिएको बेल्जियमलाई क्वार्टरफाइनलमा ३–१ हराएको थियो । सेमिफाइनलमा टोलीले अर्को वलियो प्रतिद्वन्द्वी पोर्चुगलको सामना गर्नुपर्नेछ । यसअघि १९५८ मा विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको वेल्सका लागि यो ऐतिहासिक सफलता हो । तथापी यो सफलताको पछाडी टोलीका दुःखद दृष्य पनि छन् ।
पाँच वर्षअघि वेल्स टोली र यसका समर्थक आफ्नो प्रशिक्षकको आकस्मिक निधनबाट स्तब्ध भएका थिए। २०११ मा ४२ वर्षे ग्यारी स्पिड आफ्नै घरमा झुन्डिएर मरेको अवस्थामा फेला परेका थिए ।
त्यसपछि स्पिडको वाल्यकालका साथी क्रिस कोलम्यानले टोलीको जिम्मेवारी सम्हाले । त्यतीवेला वेल्स फुटबलले भर्खर गति लिन सुरु गरेको थियो । देशभित्र यो खेल रग्बीको छायाँमा थियो । ३० लाख जनसंख्या भएको वेल्स अहिले ऐतिहासिक सफलतामा रमाइरहेको छ ।
स्पिडले देखाएको बाटोमा हिँडदाको प्रतिफल आउने क्रममा अहिले वेल्स टोली उकालो लागिरहेको छ । स्पिडको कालमा भएको लगानीको लाभांसमा वेल्सका समर्थक अहिले उत्साहित छन् । राष्ट्रिय टोलीबाट ८५ खेल खेलेका युवा प्रशिक्षक स्पिड वेल्स समर्थकका लागि रोल मोडल थिए । तर प्रशिक्षकका रुपमा एक वर्ष पनि काम नगर्दै उनको आत्महत्याबाट वेल्स फुटबल स्तव्ध हुनुपरेको थियो ।
प्रत्येक ठूला प्रतियोगितामा वेल्स समर्थक अझै पनि स्पिडको सम्झना गरिरहेका हुन्छन्, सबै सफलताको श्रेय उनलाई दिँदै ।
यरो २०१६ मा राष्ट्रिय टोलीले पाएको सफलताबाट समर्थक उत्साहित छन् । अर्को हप्ता लियोनमा पोर्चुगलविरुद्ध हुने सेमिफाइनलमा हजारौं समर्थक वेल्सको जर्सीमा देखिनेछन् ।
त्यो साथले वेल्सको सफलतामा महŒवपुर्ण भुमिका खेलेको छ । त्यसमा १८५६ मा बनेको राष्ट्रिय गान (‘मेरो बुवाको माटो’)ले पनि प्रेरित गरेको छ ।
‘केटाहरुमा परेको असर बुझ्न तिमीले राष्ट्रिय गानको भावना सुने मात्र पुग्छ,’ एक समर्थक जेम्स वेनले भने, ‘जव फुटबल वा रग्बी रंगशालामा राष्ट्रिय गान बज्छ, त्यसले सबैको आँखामा आँसु ल्याइदिन्छ र कपाल ठाडो बनाइदिन्छ ।’
कोलम्यानले २०१२ मा प्रशिक्षकको जिम्मेवारी लिदाँ वेल्स टोली फिफा वरियाताको शिर्ष १ सय भित्र पनि पर्दैनथ्यो । तर फ्रान्स आउँदा टोली फिफा वरियाताको २६औं स्थानमा थियो । सेमिफाइनल यात्रा पछि अझै माथि उक्लिन पनि सक्छ । पाँच खेलमा १० गोल गरेको वेल्स प्रतियोगितामा धेरै गोल गर्ने टोलीमा पर्छ ।
युरोपियन च्याम्पियनसिपको अन्तिम चरण खेल्दा वेल्स टोलीलाई परिवारको पनि राम्रो साथ छ । जसमा खेलाडीका वच्चा पनि सामेल छन् । खेलको सकिएको सिठी बजेपछि समर्थक आफ्नो टोलीका लागि गित गाउछन् । खेलाडीहरु भने मैदानमा नियमित रुपमा वच्चाहरुसँग रमाइराखेका हुन्छन् । पेरिसमा गारेथ बेलकी छोरीले हानेको बलले जाली छुँदा हजारौं समर्थकले हुटिङ गरेका थिए ।
‘हामीले आफ्नो पहिचान र विश्वास (धर्म) विर्सेका छैनौं,’ कोलम्यानले भने ।
बेल टोलीका स्टार हुन् भन्नेमा कुनै शंका छैन, तर त्यो भन्दा धेरै माथि उनी टोलीका एउटा सदस्य हुन् । उनी पहिले वेल्सका खेलाडी हुन्, त्यसपछि मात्र रियाल मड्रिडका । कप्तानका रुपमा उनले टोलीलाई उदाहरणीय नेतृत्व दिइरहेका छन् ।
रियालका टिम सहयात्री पोर्चुगाली कप्तान क्रिस्टियानो रोनाल्डोभन्दा राष्ट्रिय टोलीसँगको सम्बन्धमा बेल फरक छन् । रोनाल्डो पोर्चुगाली टोलीका अन्य सदस्यभन्दा भिन्न देखिन्छन् र उनी एक्लै खेल जिताउन पनि समर्थ हुन्छन् । यसैगरी वेल्स र छिमेकी इङल्यान्डको भाग्यमा पनि फरक छ । १९६६ मा विश्वकप जितेयता कहिल्यै एकरुपको प्रदर्शन गर्न नसके पनि आफूलाई विश्व फुटबलको महारथी भन्न रुचाउने इङल्यान्ड जारी युरोपियन च्याम्पियनसिपको अन्तिम १६ भन्दा अघि बढ्न सकेन् । अन्तिम १६ को खेलमा सानो देश आइसल्यान्डसँग लज्जाजनक हार बेहोर्दै इङल्यान्ड निराश भएको थियो ।
जारी प्रतियोगिताको मुख्य दावेदार मानिएको बेल्जियममाथि ३–१ को विजय हासिल गर्ने क्रममा तेस्रो गोल गर्दा वेल्सका समर्थकहरु इङलिस फुटबललाई ठट्टाको विषय बनाउँदै कराएका थिए, ‘इङल्यान्डलाई हेरिरहेका छौं ?’
प्रकाशित: २० असार २०७३ ०२:०५ सोमबार