मड्रिड– बेलायत जनमतसंग्रहमार्फत युरोपियन युनियन इयूबाट बाहिरिने भएपछि स्पेनिस जाइन्ट रियल मड्रिड वेल्सका स्टार ग्यारेथ बेलको भविश्यलाई लिएर समस्यामा पर्ने देखिएको छ ।
बेलायत इयूबाट बाहिरिएपछि बेल अब गैर–इयू खेलाडी भएका छन्। यता ला लिगामा तीन जना मात्र गैर–इयू खेलाडी खेलाउन पाउने नियम भएपछि बेल र उनको क्लब समस्यामा परेको हो । जेम्स रोड्रिग्युज,डानियो र कारिमोरो गरी मड्रिडमा पहिलेदेखि नै तीन गैर–इयु खेलाडी रहेका छन्।त्यस्तै मड्रिडले पनि बेललाई नयाँ प्रस्ताव राख्ने बताएको छ । बेल सन् २०१३ मा किर्तमानी सम्झौताका साथ क्लबमा अवद्ध भएका थिए ।
प्रकाशित: ११ असार २०७३ ०७:२२ शनिबार