मुम्बाई—भारतीय क्रिक्रेट बोर्ड बिसिसिआईले पुर्व कप्तान अनिल कुम्बलेलाई मुख्य प्रशिक्षकको जिम्मा दिएको छ।
४५ वर्षे कुम्लेलाई बिसिसिआईले एक वर्षे कार्यकालका लागी मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। उनले मुम्बई ईन्डियन्स र रोयल च्यालेन्जर्स बेङलोरको प्रशिक्षकका रुपमा काम गरेका थिए । पुर्व प्रशिक्षक रवि शास्त्रिले विश्वकप टि ट्वान्टिको सेमिफाइनलमा पराजित भएपछि राजिनामा दिएका थिए । मुख्य प्रशिक्षकका लागी सौरभ गाग्गुली, भिभिएस लक्ष्मण तथा सचिन तेन्दुडकरको नाम चर्चामा रहेपनि बिबिसिआईले बिहिबार कुम्लेलाई उत्त जिम्मेबारी दिएको हो।
पूर्व लेग स्पिनर कम्लेले भारतका लागी १३२ टेस्ट र २७१ वान डे म्याचमा गरी कुल ६१९ विकेट लिएकाछन्। उनको प्रशिक्षणमा भारतले आगामी महिना वेस्ट इन्डिजको भ्रमण गर्दैछ। जहाँ उसले चार टेस्ट म्याच खेल्नेछ।
प्रकाशित: १० असार २०७३ ०८:५७ शुक्रबार