१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

सर्बियालाई हराउँदै स्विट्जरल्यान्ड नकआउट चरणमा प्रवेश

सर्बियालाई हराउँदै स्विट्जरल्यान्ड फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ।

शुक्रबार राति स्टेडियम ९७४ मा समूह चरण अन्तर्गतको खेलमा सर्बियालाई ३-२ गोल अन्तरले हराउँदै स्विट्जरल्यान्ड राउण्ड अफ १६ मा पुगेको हो।

खेलको २० औं मिनेटमा शेरदान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै त्यसको ६ मिनेटपछि एलेक्सजेन्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई १-१ गोलको बराबरीमा ल्याए। ३५ औं मिनेटमा डुसन भ्लाहोभिचले गोल गर्दै सर्बियालाई २-१ को अग्रता दिलाए।

तर, खेलको ४४ औं मिनेटमा ब्रेल इम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई २-२ को बराबरीमा ल्याए।त्यसपछि खेलको ४८ औं मिनेटमा रिमो फ्रयूलेरले गोल गर्दै स्विट्जरल्यान्डलाई३-२ को जित दिलाए।

यस जितसँगै स्विट्जरल्यान्ड ६ अंकका साथ समूह (जी)को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।

त्यस्तै सोही समूहबाट ब्राजिल विजेता बन्दै अन्तिम १६ मा पुगिसकेको छ।  गएराति भएको खेलमा क्यामरुनसँग ब्राजिल १-० गोल अन्तरले पराजित भएको थियो।

प्रकाशित: १७ मंसिर २०७९ ००:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App