१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हाफ म्याराथनका विजेता समपाल्मुलाई मैवाखोलाले गर्‍यो ५१ हजार नगदसहित सम्मान

गत असोज १३ गते ताप्लेजुङमा सम्पन्न ताप्लेजुङ म्याराथनका बेला महिला हाफ म्याराथनमा प्रथम भएकी समपाल्मु शेर्पालाई मैवाखोला गाउँपालिकाले नगद ५१ हजारसहित सम्मान गरेको छ।  

समपाल्मु असोज ११ देखि १३ गतेसम्म सञ्चालित ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवका बेला आयोजित महिला हाफ म्याराथनमा प्रथम भएकी थिइन्। मैवाखोला गाउँपालिका वडा नं ५ फाकुम्बा घर भएकी उनलाई महिला हाफ म्याराथनमा प्रथम भएकै दिन गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमले प्रोत्साहन स्वरुप नगद ५१ हजार रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेका थिए।  

सोहि अनुसार गाउँपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी सम्पाल्मुलाई नगदसहित सम्मान गरेको पालिका अध्यक्ष वनेमले जानकारी दिए। सदरमुकाम फुङ्लिङदेखि काफ्लेपाटी सम्मको दुरी ३ घण्टा ४१ मिनेट ९ सेकेण्डमा पूरा गर्दै समपाल्मु प्रथम भएकी थिइन्।  

भोजपुरकी छेन्वीमाया राईले ४ घण्टा ९ मिनेट ५३ सेकेण्डमा दुरी पार गर्दै महिला हाफ म्याराथनतर्फ दोस्रोस्थान सुरक्षित गर्दा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङकी पेम्बाल्हामु शेर्पाले ४ घण्टा ३१ मिनेट ५४ सेकेण्डमा दुरी पार गर्दै तृतीय भएकी थिइन्। समपाल्मुसहित खुल्ला म्याराथन तथा महिला हाफ म्याराथनका विजेतालाई यसअघि पनि विभिन्न संस्था तथा व्यक्तिहरुले सम्मान र प्रोत्साहन रकम वितरण गरिसकेका छन्।  

प्रकाशित: १५ मंसिर २०७९ ०९:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App