२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

गल्फको मन्थ्ली मेडल गौचनलाई

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछि पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित मन्थ्ली मेडलको उपाधि क्याप्टेन राजेन्द्र गौचनले जितेका छन्।  

६९ पारको हिमालयन कोर्षमा भएको प्रतिस्पर्धा फूल ह्याण्डीक्यापमा प्रतिस्पर्धा गराईएको थियो। प्रतिस्पर्धामा गौचनले बलराम थापालाई पराजित गर्दै उपाधि जितेका हुन्। उनले ५ ओभर ७४ स्कोरको कार्ड बनाउँदै उपाधि जित्दा थापा भने काउण्ट व्याकमा पराजित हुन पुगे। समान ७४को कार्ड बनाएपनि थापा काउण्ट व्याकमा पछि परेका हुन।  

ग्रस तर्फको पुरस्कार भने लेफ्टिनेन्ट कर्णेल याम रानाले जिते। पाहुना खेलाडीको पुरस्कार खोपजंग गुरुङले प्राप्त गरे । उनले ६९ को लेभलपार खेले। त्यस्तै मेजर गुप्तमान गुरुङ भने ८२ को कार्ड बनाउँदै उपविजेतामा चित्त बुझाए।  

प्रतियोगिताको लागि बेलायती सेनामा कार्यरत तथा रिटार्यड खेलाडीहरु पाहुना(गेष्ट)को रुपमा छुट्टै प्रतिस्पर्धा गरेका थिए। मन्थ्ली मेडलमा २८ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए। विजेता खेलाडीहरुलाई कास्की जिल्ला गल्फ संघका उपाध्यक्ष ज्ञानकाजी गुरुङले पुरस्कार बाँडे।  

प्रकाशित: ११ मंसिर २०७९ ०८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App