१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

इरानसँग वेल्स २-० ले स्तब्ध

वेल्सविरुद्ध इरान २–० ले विजयी भएको छ। शुक्रबार दोहास्थित मोहम्मद बिन अली रंगशालामा जारी समूह ‘बी’ अन्तर्गतको खेलमा वेल्सविरुद्ध इरान २–० ले विजयी भएको हो।  

इरानले दुवै गोल दोस्रो हाफको इन्जुरी समयमा गरेको थियो।  इरानले इन्जुरी समयको ८ औँ र ११ औँ मिनेटमा गोल गरेको थियो। रोजबेह चेस्मी र रमिन रेजाइयानले गोल गर्दै इरानको अगाडि बढ्ने सम्भावना कायमै राखे।

वेल्स  यसअघि पहिलो खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएको थियो।

इरानविरुद्ध वेल्स ८६ ‍औँ मिनेटमा १० खेलाडीमा सिमित भएको थियो। वेल्सका गोलरक्षकले रातो कार्ड पाएका थिए। वाइन हेन्नेसीले खेलको ८५औं मिनेट रातो कार्ड पाएका हुन्।  

इरानी फरवार्ड अलिरेजा याहानबाकासलाई गरेको खराब फाउलका कारण ग्वान्टेमालाका रेफ्री मारियो इस्कोबारले रातो कार्ड दिएका हुन्। इस्कोबारले सुरुमा पहेँलो कार्ड देखाए पनि भिडियो रिभ्यू हेरेपछि रातो कार्ड दिएका हुन्।

वेल्सले समूहको अन्तिम खेलमा अब इङ्ल्यान्डको सामना गर्ने छ। प्रिक्वाटरफाइनल पुग्ने सम्भावना कायम राख्न वेल्सले इङ्ल्यान्डलाई हराउनुपर्ने छ।  इरानले भने पहिलो खेलमा इङ्ल्यान्डसँग हार ब्यहोरेको थियो। अन्तिम खेलमा इरानले अमेरिकासँग खेल्ने छ।

प्रकाशित: ९ मंसिर २०७९ १२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App