१० कार्तिक २०८३ मंगलबार
image/svg+xml
खेल

एनपिएल सुरक्षार्थ एक हजार १२४ प्रहरी परिचालन

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा सुरक्षा व्यवस्थाका लागि एक हजार १२४ जना प्रहरी परिचालन गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर थापाले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भएको एनपिएल खेलको सुरक्षार्थ यथेष्ट जनशक्ति परिचालन गरिएको जानकारी दिए।

सोमबारदेखि सुरु भएको उक्त प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म चल्नेछ। उक्त प्रतियोगितामा जिल्ला प्रहरी परिसर काठमाडौं मातहतका प्रहरी कार्यालय तथा सम्बन्धित तालुक कार्यालयबाट प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाइएको प्रवक्ता थापाले बताए।

उनका अनुसार मुख्य प्रवेशद्वारमा ७० जना, दोस्रो गेटमा २०६ जना, तेस्रो गेटमा २११ जना र चौथो गेटमा २०६ जना प्रहरी खटाइएको छ। यस्तै, सादा पोशाकमा ४० जना, पार्किङ क्षेत्रमा १५ जना तथा अन्य विभिन्न जिम्मेवारीमा प्रहरी परिचालन गरिएको छ।

प्रतियोगिता अवधिभर खेलाडी, दर्शक तथा अन्य सरोकारवालाको सुरक्षा सुनिश्चित गर्न र खेलकुद गतिविधिलाई व्यवस्थित तथा मर्यादित बनाउन प्रहरी परिचालन गरिएको हो।

प्रकाशित: १० कार्तिक २०८३ ०६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App