२७ भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

ट्रकको ठक्करबाट चितवनमा कामदारको मृत्यु

चितवनमा ट्रकको ठक्करबाट एक कामदारको मृत्यु भएको छ। गएराति करिब ३ः३० बजे भरतपुर महानगरपालिका-८ स्थित सदगुण दाना फ्याक्ट्रीको गेटमा सुतेका ३४ वर्षीय चन्द्रबहादुर ठाडा मगरलाई ना.५ ख ८४६५ नम्बरको ट्रकले ठक्कर दिएको थियो। भरतपुर महानगरपालिका-५ निवासी मगर फ्याक्ट्रीमा काम गर्दै आएका थिए।

ठक्करबाट शरीरका विभिन्न भागमा चोट लागेपछि उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो। उपचारकै क्रममा बिहान ६ः२६ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मगरलाई ठक्कर दिने वीरगञ्ज महानगरपालिका–२१का २३ वर्षीय सर्फराज आलमलाई नियन्त्रणमा लिइएको छ।

प्रकाशित: २७ भाद्र २०८३ ०७:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App