२० भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको सकुशल उद्धार

नुवाकोटको बेत्रावतीमा त्रिशूली नदीमा आएको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको सकुशल उद्धार गरिएको छ। 

बिदुर नगरपालिका १० की अन्दाजी ५५ वर्षीया चन्द्रिका श्रेष्ठलाई शनिबार बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उद्धार गरिएको हो। बाढी र पहिरोका कारण पुरिएको उक्त घरभित्रबाट मानिसको आवाज सुनिएपछि उद्धार टोलीले उत्खनन गरी श्रेष्ठलाई जीवितै फेला पारेको हो। 

उद्धार गरिएकी श्रेष्ठ बोल्न सक्ने अवस्थामा रहेको उद्धारकर्मीहरूले बताएका छन्।  

प्रकाशित: २० भाद्र २०८३ १४:११ शनिबार