१० आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

खोलाले बगाएर महिलाको मृ*त्यु

फाइल तस्बिर

खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ स्याउलीबारकी बेगमाया दमाईलाई लहुँबाट सिम्रुतु खोला तरेर स्याउलीबजार जाने क्रममा खोलाले बगाएको थियो। करिब २०–२५ मिटर तल बगाएपछि स्थानीयवासी र प्रहरीले उनको उद्धार भएको थियो। 

उद्धारका क्रममा बेगमाया अचेत अवस्थामा फेला परेको र उनलाई जिल्ला अस्पताल सल्लेमा लगिएसँगै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिए।  

प्रकाशित: १० आश्विन २०८३ १६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App