काठमाडौंबाट जडिबुटी हुँदै भक्तपुरतर्फ आउँदै गरेको बागमती प्रदेश-०३–००१ प ०६१५ नम्बरको ट्यांकरले शुक्रबार बा ९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दोलखाकी ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कोटेश्वरबाट जडिबुटी हुँदै भक्तपुर आउने क्रममा शुक्रबार कार्की सवार मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालक एवं कार्कीका पति काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका-४ का देवराज कँडेल घाइते भएका थिए।
ट्यांकर चालक र दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ। रासस
प्रकाशित: ३ आश्विन २०८३ ०६:३७ शनिबार





