२२ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

इटहरीमा श्रीमानको मृत्यु भएको केही समयपछि श्रीमतीको पनि ज्यान गयो

इटहरी उपमहानगरपालिका वडा नं. ७ मा शनिबार साँझ श्रीमान मृत्यु भएको केही समयपछि श्रीमती पनि मृत्यु भएको छ । 

इटहरी वडा नं. ७ का ५५ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको केही समयपछि  उनकी ५२ वर्षीया श्रीमती कञ्चन चौधरीको मृत्यु भएको हो । 

वडा सदस्य दिपक घिमिरेका अनुसार रामकुमार अचानक बिरामी भएको र कञ्चन पनि केही दिनदेखि ज्वरो आइरहेपनि के कारणले मृत्यु भएको खुल्न सकेको छैन् ।  

इलाका प्रहरी कार्यालय दुवैको पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको छ । घटना के कारणले भयो ? भनेर अनुसन्धान भइरहेको इटहरीका डिएसपी सुभाष हमालले बताए ।  

मृतकमध्ये रामकुमारलाई शनिबार ज्वरो र बान्ता भएको थियो । कञ्चनलाई बान्ता र पखाला लागेको थियो । रामकुमारको मृत्यु भएको केही समयपछि कञ्चन ढलेर गाह्रो भएपछि अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको गाउँलेले जनाएका छन ।

प्रकाशित: २२ कार्तिक २०८३ ११:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App