रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान धादिङको गल्छीस्थित बाढीमापन केन्द्रमा त्रिशूली नदीको जलसतह तीन मिटर बढेको छ।
यस्तै, गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएकाले नारायणी नदी र यसका सहायक नदीमा पनि जलसतह बढ्न सक्ने महाशाखाले जनाएको छ। महाशाखाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
यसैबिच, सिन्धुलीको खुर्कोटस्थित जलमापन केन्द्रमा सुनकोशी नदीको जलसतहले सतर्कता तह पार गरेको छ। महाशाखाले आइतबार बिहान ७:०२ बजे जारी गरेको सूचनामा सुनकोशी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
पछिल्लो अवस्थालाई ध्यानमा राख्दै त्रिशूली, नारायणी र सुनकोशी नदी आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीको बहाव बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
प्रकाशित: १४ भाद्र २०८३ ०७:१३ आइतबार


-600x400.jpg)
-600x400.jpg)

