सिन्धुलीस्थित कमला नदीमा जलसतहले सतर्कता तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभागले नदीको बहाव निरन्तर बढ्दो क्रममा रहेकाले तल्लो तटीय र डुबान जोखिमयुक्त क्षेत्रका बासिन्दालाई बुधबार बिहानसम्म उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ।
विभागका अनुसार सोमबार साँझ ५ः२० बजे सिन्धुलीको रानीबासस्थित जलमापन केन्द्रमा कमला नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेको रेकर्ड भएको हो।
पानीको सतह निरन्तर बढिरहेकाले सिन्धुलीभन्दा तल्लो तटीय क्षेत्र तथा बर्सेनि डुबानको जोखिममा पर्ने बस्तीहरूमा खतरा बढेको छ।
नदी आसपास तथा डुबान क्षेत्रका नागरिकलाई सम्भावित बाढीको जोखिमबाट बच्न सुरक्षित स्थानमा रहन र रातभर सजगता अपनाउन विभागले सचेत गराएको छ।
प्रकाशित: ३० भाद्र २०८३ १७:३४ मंगलबार

