२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

वडाध्यक्ष मनिराज दुई दिनदेखि सम्पर्कविहीन

कालीकोटको रास्कोट नगरपालिका-८ का वडाध्यक्ष मनिराज बराल दुई दिनदेखि सम्पर्कविहीन बनेका छन् ।

भदौ १८ गते बिहान ससुराली जान्छु भनेर घरबाट हिँडेका बराल सम्पर्कविहीन भएको उनका दाइ बिष्णुप्रसाद बरालले बताए ।

बिहीबार सामाजिक सञ्जालमा सूचनामार्फत वडाध्यक्ष मनिराज बरालको खोजी भइरहेको छ।

वडा अध्यक्ष मनिराज बराल तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन ।  

आफुले भाइलाई  दिउसो ३ बजे फोन गर्दा फोन नउठेको दाइ बिष्णुप्रसादले बताए ।  

अहिले उनले प्रयोग गरेको मोबाईल अफ छ। उनको परिवार, समाज, वडा कार्यालय सबैमा राम्रो सम्बन्ध रहँदारहँदै एक्कासी हराएपछि परिवारमा चिन्ता बढेको दाइ बिष्णुले बताए ।  

उनको खोजी गर्न रास्कोट नगरपालिकाले सार्वजनिक आव्हान गरेको छ । 

प्रकाशित: १९ भाद्र २०८२ २०:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App