रसुवाबाट पुनः बाढी–पहिरो आएको सूचना प्राप्त भएपछि नारायणगढबाट पोखरा, मुग्लिन तथा काठमाडौं जाने–आउने सबै किसिमका सवारीसाधनको आवागमन रोकिएकोमा अहिले पूर्णरूपमा सुचारु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज सूचना जारी गर्दै रोकिएका सवारीसाधनको आवागमन पूर्णरूपमा सञ्चालनमा आएको जानकारी दिएको हो।
प्रहरीले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम कायमै रहेकाले जोखिमयुक्त स्थानमा नबस्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै सम्बन्धित निकायले जारी गर्ने निर्देशनको पालना गर्न र आफ्नो तथा परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिन अनुरोध गरिएको छ।
प्रकाशित: १४ भाद्र २०८३ ०७:०० आइतबार





