कालीकोटको खाँडाचक्र नगरपालिकाले कोटेसनमार्फत कोटदरबारको मुख्य बाटो मर्मत गर्न दिएको कामको रकम भुक्तानी नगरेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ।
कोटेसनमार्फत आफूले गरेको कामको रकम दसैँमा समेत नपाएको भन्दै पूर्वकृषि मन्त्री कुर्मराज शाहीले नगरपालिकाको गेटमा तालाबन्दी गरेका हुन्। उनले आठ लाख रुपैयाँको कोटेसनमा पाँच लाख रुपैयाँमा कामको जिम्मा पाएका थिए।
अहिले कर्मचारीले भित्रबाट ताल फाेडेर खुलाएका छन् भने १५ मिनेट सेवाग्राही थुनिएका थिए। पूर्वकृषि मन्त्री कुर्मराज शाहीले फर्ममार्फत आफूले काम गरेको रकम भुक्तानी दसैंमा नगरेको र अहिले पनि नगरेपछि कामदार समेत आएर तालाबन्दी गरेको बताए। उनले आफ्नो कामकाे रकम भुक्तानी विषयमा कुरा नभएको र सेवाग्राहीले भित्रबाट ताला खुलाएको बताए।
प्रकाशित: १९ कार्तिक २०८३ १३:२० बिहीबार





