१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
समाज

फरक दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाईते

उदयपुरमा शुक्रबार भएको फरकफरक २ दुर्घटनामा परि बेलका र चौदण्डीगढीका एक–एक जनाको मृत्यु भएको छ। अन्य २ घाईते भएका छन् ।

दिउँसो अन्दाजी १२ः३० बजे बेलका नगरपालिका १ आम्बासीस्थित कालिखोलामा मोटरसाइकलल ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ भने विहान चौदण्डीगढी नगरपालिका ४ बसाहामा टिफरको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको हो ।

सप्तरीको फत्तेपुरबाट बसाहाको शनिबारेतर्फ आउँदै गरेको मोटरसाइकलले सोही दिशामा रहेको साईकललाई ठक्कर दिँदा चौदण्डीगढी नगरपालिका ४ बसाहा नमुनाटोलका ६० वर्षीय घलबहादुर भुजेलको मृत्यु भएको हो । मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भुजेललाई उपचारर्थ विराटनगर पठाइएकोमा उपचारकै क्रममा दिउँसो ३ः१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी निरन्जन थापाले बताएका छन् ।  

शुक्रबारै विहान ९ः३० वजे ट्रकको ठक्करबाट गम्भीर घाईते बेलका नगरपालिका ६ लामीडाँडाका ४० वर्षीय गजुरमान राईको पनि उपचारकै क्रममा दिउँसो मृत्यु भएको छ । रामपुरबाट बेल्टारतर्फ आउँदै गरेको मोटरसाइकलमा सवार राईलाई काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको ट्रकले मदन भण्डारी लोकमार्गको गाईघाट–बसाहा खण्ड चौदण्डीगढी नगरपालिका ४ बसाहा बर्खेडाँडामा ठक्कर दिएको थियो । उनको उपचारका क्रममा धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका डिएसपी थापाले बताए ।  

मोटरसाईकलको पछाडि सवार राईकै वहिनी ३५ वर्षीया शान्ति राईको उपचार भईरहेको प्रहरीले जनाएको छ ।  

इलाका प्रहरी कार्यालय बेल्टारले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

प्रकाशित: ४ वैशाख २०८३ १९:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App