२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

दुई पत्रकारलाई रबरको गोली लाग्यो

बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला पत्रकार श्याम श्रेष्ठलाई  गोली लागेको छ। आन्दोलनको भिडियो खिच्दै गरेको अवस्थामा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई    रबरको  गोली लागेको हो। उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ।

बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्याँसपछि रबरको गोली चलाएको हो।त्यस्तै बानेश्वरमा भइरहेको प्रदर्शनको रिपोर्टिङमा रहेका नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई पनि गोली लागेको छ।

प्रहरीले चलाएको गोली लागेर नयाँ पत्रिका दैनिकका फोटो पत्रकार ढुंगाना घाइते भएका हुन्।

प्रकाशित: २३ भाद्र २०८२ १३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App