९ मंसिर २०८३ बुधबार
image/svg+xml
समाज

मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ पक्राउ

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्।

हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति यहाँ आएका उनीहरूलाई मङ्गलबार राति नै पक्राउ गरिएको हो।

मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको सुनजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता ढुण्डीराज नेउपानेले जानकारी दिए।

बरामद वस्तुको परीक्षण तथा अनुसन्धान भइरहेको छ।

प्रकाशित: ९ मंसिर २०८३ १०:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App