१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

मलद्वारमा लुकाएर हेरोइन तस्करी गर्ने युवतीसहित दुई पक्राउ

मोरङको रङ्गेलीमा मलद्वारभित्र लुकाएर खैरो हेरोइन तस्करी गर्न खोज्ने एक युवतीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

रङ्गेली नगरपालिका-६ पुरानो भन्सार टोलस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई २६.५१ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा इलामको चुलाचुली गाउँपालिका-१ घर भई हाल मोरङको पथरीशनिश्चरे नगरपालिका-१ बस्ने २३ वर्षीय सम्योक वानेम फागो र सोही स्थानकी २० वर्षीया भूमिका फागो रहेका छन्।

विशेष सूचनाका आधारमा जाँच गर्दा दुवैले आफ्नो मलद्वारमा लुकाएर राखेको कालो प्लास्टिकको पोका प्रहरीले बरामद गरेको थियो। सम्योकको साथबाट प्लास्टिकबाहेक १५ ग्राम ४४ मिलिग्राम तथा भूमिकाको साथबाट ११ ग्राम ०७ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय रङ्गेली र लागूऔषध नियन्त्रण ब्युरो विराटनगर शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ३१ असार २०८३ १९:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App