२७ वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

कब्जा गरिएको जग्गा ३५ दिनभित्र खाली गर्न त्रिविको अल्टिमेटम

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेको तर विभिन्न व्यक्ति, कम्पनी वा संघ-संस्थाले अवैध रूपमा भोगचलन गरिरहेका जग्गा तथा अचल सम्पत्ति फिर्ता लिन कडा कदम चालेको छ।

आजको गोरखापत्र दैनिकमा एक ‘अत्यन्त जरुरी सूचना’ प्रकाशित गर्दै विश्वविद्यालयले ३५ दिनभित्र त्यस्ता सम्पत्ति खाली गर्न अन्तिम चेतावनी दिएको हो। विश्वविद्यालयद्वारा गठित ‘जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१’ ले त्रिविका धेरै जग्गाहरू प्रचलित ऐन, नियम र कानुन विपरीत अनधिकृत रूपमा कब्जा र नियन्त्रणमा रहेको तथ्य फेला पारेको थियो। सोही प्रतिवेदनको निष्कर्षलाई कार्यान्वयन गर्दै त्रिवि कार्यकारी परिषद्ले जग्गा फिर्ता गराउने निर्णय गरेको हो।

जारी सूचनामा विभिन्न व्यक्ति, निजी कम्पनी र संस्थाहरूले विश्वविद्यालयको शैक्षिक उन्नयनका लागि सरकार तथा दाताहरूले दिएको जग्गा नियमविपरीत भोगचलन गरिरहेको पाइएको उल्लेख छ। तोकिएको समय (३५ दिन) भित्र जग्गा खाली नगरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाइने त्रिवि सामान्य प्रशासन महाशाखाले जनाएको छ।

त्रिवि कार्यकारी परिषद्को मिति २०८२ साल चैत २३ गतेको निर्णयानुसार यो प्रक्रिया अघि बढाइएको हो। 

सूचना हेर्नुस्

प्रकाशित: ४ वैशाख २०८३ १२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App