२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा

आज ‘जेनजी’ सहिद दिवस मनाइँदै छ। गत भदौ २३ गतेको ‘जेनजी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो। आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ। यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

प्रकाशित: २३ भाद्र २०८३ ०६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App