२५ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

अनसनरत चिकित्सक हरिजन र सरकारबीच तीनबुँदे सहमति

इन्टर्न चिकित्सकको निर्वाह भत्ता बढाउनुपर्ने माग राख्दै पाँच दिनदेखि अनसनरत डिल्ली हरिजन र सरकारबीच तीनबुँदे सहमति भएको छ। 

सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारी नेतृत्वको वार्ता टोली र हरिजन पक्षबीच सहमति भएको हो। 

सहमतिअनुसार एमबीबीएस, बीडीएसलगायतका एकवर्षे इन्टर्नसिपमा रहेका चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषय चिकित्सा शिक्षा आयोगको आगामी बैठकमा पेस गरिनेछ। 

एमबीबीएस अध्ययनरत हरिजन यसअघि गत साउनमा पनि अनशन बसेका थिए। सरकारले माग सम्बोधन गर्ने भन्दै साउन २२ गते उनीसँग सम्झौता गरेको थियो । तर, उक्त सम्झौता कार्यान्वयन नभएको भन्दै उनले पुनः अनशन सुरु गरेका थिए। 

प्रकाशित: २३ आश्विन २०८३ १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App