२३ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृ’त्यु

भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै गरेको बा ९९ प ८२०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो।

दुर्घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि त्रिशूली अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटको प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए।

मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको खनियाबाँस गाउँपालिकाका ४७ वर्षीय बुद्धिमान तामाङ रहेका छन्।

त्यस्तै, मोटरसाइकलमा सवार विदुर नगरपालिका-१३ माथिल्लो खुर्साने निवासी २७ वर्षीया सुनिता थापामगर र ३१ वर्षीया बिन्दा थापामगरको पनि ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको उक्त मोटरसाइकलले भाडामा यात्रु बोक्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: २३ कार्तिक २०८३ १४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App