२६ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

रौतहटमा नदीमा नुहाउन गएका तीनै जना बालबालिका एकैसाथ बेपत्ता

खोजीमा जुट्यो गोताखोर टोली

फाइल।

रौतहटको देवाही गोनाही नगरपालिका-२ लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा मंगलबार दिउँसो तीन जना बालबालिका बेपत्ता भएका छन्।

दिउँसो करिब १:५० बजेको समयमा नदीमा नुहाउन गएका १०/१० वर्षका तीन बालबालिका एकैसाथ बेपत्ता भएका हुन्।

बेपत्ता हुनेहरूमा स्थानीय शेख अमरे आलमका करिब १० वर्षीय छोरा मो. रमतुल्लाह, शेख खुरसेदकी करिब १० वर्षीया छोरी रौशन खातुन र शेख ओसि अख्तरकी करिब १० वर्षीया छोरी सवनम खातुन रहेका छन्।

बालबालिका नदीमा डुबेर बेपत्ता भएको खबर पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय गोताखोरको संयुक्त टोली उद्धारका लागि घटनास्थल पुगेको थियो।

स्थानीयबासीको सहयोगमा सुरक्षाकर्मीले नदीमा बालबालिकाको खोजी कार्यलाई तीव्र बनाएको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ श्रावण २०८३ १५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App