२८ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

बाराको जीतपुरसिमराबाट एकै परिवारका तीन बालबालिका बेपत्ता

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-५ बकुलियाबाट एकै परिवारका तीन जना बालबालिका आइतबार बिहानदेखि सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन हुनेहरूमा मुकेश पासवानका १० वर्षीया छोरी काजल, सात वर्षीया छोरी सुन्दरी र पाँच वर्षीय छोरा धिरज रहेका छन्। भारत स्थायी घर भएका पासवान विगत केही वर्षदेखि परिवारसहित बकुलियामा बस्दै आएका छन्।

तीन छोराछोरी अचानक हराएपछि परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले तीनै जना बालबालिकाको खोजीका लागि प्रहरी टोली परिचालन गरिसकिएको जानकारी दिए।

प्रहरीले बालबालिकाको तस्वीर र हुलियासहित मातहतका विभिन्न प्रहरी कार्यालयहरूमा सूचना पठाई खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ।

प्रकाशित: २८ भाद्र २०८३ १८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App