२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

सुदूरपश्चिम र लुम्बिनीका यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम (सूचीसहित)

केही दिनदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम र लुम्बिनीका विभिन्न जिल्लामा आकस्मिक बाढीको सम्भावना देखिएको छ।

नेपाल बाढी सूचनाका अनुसार दार्चुला, बझाङ, बैतडी, डोटी, डडेल्धुरा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा आसपासका जिल्लाबाट बहने स–साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्ने सम्भावना देखिएको हो।

यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाइएको छ।

सम्बन्धित जिल्लाका नदी तथा खोला आसपासका बस्तीमा बसोबास गर्ने र यात्रा गर्नेहरूले सतर्कता अपनाउन तथा जोखिमयुक्त स्थानमा अनावश्यक आवतजावत नगर्न आवश्यक देखिन्छ।

प्रकाशित: २१ आश्विन २०८३ ०९:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App