३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङको साँवाबाट धरान जाँदै थियो पाँचथरमा दुर्घटनाग्रस्त गाडी

पाँचथरको कुम्मायक गाउँपालिका वडा नं ३ कात्तिकेमा शनिबार दिउँसो दुर्घटनामा परेको सवारी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाबाट धरानतर्फ जाँदै गरेको खुलेको छ।

ताप्लेजुङका जिल्ला प्रहरी प्रमुख डिएससी बेदप्रसाद गौतमले बिहान ७ः३० बजे यहाँबाट धरानका लासिग गाडी अघि बढेको जानकारी आएको बताए। घटनास्थलमा रहेका स्थानीय निशान लिम्बूले सडकबाट करिब दुईदेखि अढाई सय मिटरमुनि सवारी अड्किएको अवस्थामा रहेको बताए।

केही समय अघि सवारी तमोर नदीमै पुगेको बताइएको थियो। सवारीमा ११ जना रहेको अनुमान गरे पनि कतिपयले चालक बाहेक नै ११ जना रहेको र सवारी नम्बर मे १ ज ३०५५ रहेको बताएका छन्। घटनास्थलमा रहेका पाँचथरका सञ्चारकर्मीहरूले अहिलेसम्म ६ जनाको उद्धार गरी उपचारका लागि पठाएको बताएका छन्।

ति मध्ये सिकिस्त अवस्थामा ५ जनालाई उपचारका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र एक जनालाई पाँचथरको फिदिम अस्पताल पठाइएको बताइएको छ।

प्रकाशित: १८ आश्विन २०८२ १३:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App