२० भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

त्रिशूली-३ ‘बी’ को अडिट-२ टनेलमा खुल्यो एक्स्काभेटर जाने बाटो

त्रिशूली-३ ‘बी’ जलविद्युत आयोजनाको अडिट-२ टनेलमा अब एक्स्काभेटर जानसक्ने गरी बाटो खुलेको छ।

नेपाली सेना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले निरन्तरको प्रयासपछि टनेलको अवरोध हटाएको हो।

नेपाली सेनाका अनुसार तीनवटा बबक्याट र जेनेरेटरको सहायताले अडिट-२ टनेल सफा गरी एक्स्काभेटर प्रवेश गर्नसक्ने बनाइएको छ।

टनेल खुला भएसँगै संयुक्त टोलीले खोजी तथा उद्धार कार्यलाई थप तीव्रता दिएको छ। यस्तै, त्रिशूली-३ ‘ए’ मा पनि उद्धारको काम निरन्तर जारी रहेको सेनाले जनाएको छ।

यसैबीच, नेपाली सेनाले जारी उद्धार तथा राहत अभियानअन्तर्गत हालसम्म ३ हजार २ सय ९७ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइसकेको जानकारी दिएको छ।

प्रकाशित: २० भाद्र २०८३ २१:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App