२६ कार्तिक २०८३ बिहीबार
image/svg+xml
समाज

लोकेश आउट भएपछि खेलमा फर्कियो पोखरा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को २२औं खेलमा पोखरा एभेन्जर्सले प्रस्तुत गरेको १३३ रनको लक्ष्य पछ्याइरहेको विराटनगर किंग्सले आधा इनिङ सकिँदा ३ विकेट गुमाएर संघर्ष गरिरहेको छ। ताजा स्थितिमा विराटनगरले ११.२ ओभरमा ३ विकेट गुमाउँदै ६५ रन बनाएको छ।

क्रिजमा बसिर अहमद १७ रन र एन्जेलो म्याथ्युज २ रन बनाएर खेलिरहेका छन्।

यसअघि राम्रो लयमा देखिएका विकेटकिपर ब्याटर लोकेश बम १०औं ओभरको सुरुवातमै कुशल भुर्तेलको बलमा बोल्ड भए। उनले २७ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३३ रनको महत्वपूर्ण योगदान दिए। ५६ रनको कुल स्कोरमा लोकेश आउट भएपछि विराटनगरमाथि थप दबाब बढेको छ।

विराटनगरले यसअघि १.४ ओभरमा ओपनर इमरान शेखलाई १० रन र ३.१ ओभरमा चरिथ असालंकालाई शून्य रनमै गुमाएको थियो। पोखराका लागि कसिलो बलिङ गरेका कुशल भुर्तेलले २.२ ओभरमा १ मेडनसहित ८ रन खर्चेर १ विकेट लिए।

त्यस्तै विपिन खत्रीले २ ओभरमा ९ रन र रमेश मेन्डिसले २ ओभरमा १५ रन दिएर समान १-१ विकेट हात पारे। सागर ढकालले ४ ओभर बलिङ गर्दै २२ रन खर्चिए।

यसअघि पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भएको थियो। पोखरालाई सस्तैमा समेट्न विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चेर ह्याट्रिकसहित ६ विकेट लिएका थिए।

पोखराका युवराज साम्राले ८४ रनको अर्धशतकीय इनिङ खेलेका थिए।

प्रकाशित: २६ कार्तिक २०८३ १५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App