सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज घटनामा मृत्यु भएका १९ वर्षीय रविन्द्र मेहताको बुधबार अपराह्न अन्तिम दाहसंस्कार गरिएको छ।
सरकारले सहिद घोषणा गरेपछि काठमाडौंबाट नेपाल सेनाको हेलिकप्टरमार्फत शव देवानगञ्ज ल्याएर अन्तिम संस्कार गरिएको हो।
गत साउन १९ गते भएको घटनामा रविन्द्रको निधन भएको थियो। सरकारले सहिद घोषणा नगरेसम्म र दोषीलाई कारबाही नगरेसम्म शव नबुझ्ने परिवारको अडानका कारण शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै राखिएको थियो।
मङ्गलबार सरकारले रविन्द्रसहित सुनसरी र सिरहामा मृत्यु भएका चार जनालाई सहिद घोषणा गरेपछि परिवारले शव बुझ्न तयार भएका हुन्।
काठमाडौंबाट सेनाको हेलिकप्टरमार्फत् शव देवानगञ्ज ल्याइपुर्याएपछि आफन्त तथा स्थानीयको उपस्थितिमा रविन्द्रको दाहसंस्कार गरिएको हो।
प्रकाशित: २७ श्रावण २०८३ १८:१७ बुधबार





