१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

चीनतर्फ नदी थुनिएको स्थानमा अझै ताल पूर्ण रूपमा खुलेको छैन : महाशाखा

फाइल तस्बिर

चीनतर्फबाट प्राप्त पछिल्लो सूचनाअनुसार नदी थुनिएको स्थानमा अझै ताल पूर्ण रूपमा नखुलेका कारण भोटेकोसी र त्रिशुली क्षेत्रमा बाढीको जोखिम कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले दिउँसो १:३५ बजे एसएमएसमार्फत सूचना जारी गर्दै अर्को सूचना नआएसम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

नदी थुनिएको स्थानमा पानीको बहाव सामान्य नभइसकेकाले भोटेकोसी र त्रिशुली आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
 

प्रकाशित: १० भाद्र २०८३ १३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App