१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य

दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नं १ भट्टारमा पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। 

आज दिउँसो खसेको पहिरोले केही समय चौलानी नदी आंशिक थुनिएकामा केहीबेरपछि सामान्य अवस्थामा नै खुलेको थियो। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले अहिले चौलानी नदी सामान्य अवस्थामा बग्न थालेको बताएका छन् । 

पहिरोले अपिहिमाल आधार शिविर जाने मार्ग भने अवरुद्ध गरेको बताए । उनले भने, ‘अहिले पहिरो झर्नेक्रम रोकिएको छ, थुनिएको नदी खुलिसकेको छ।’ 

सो ठाउँमा विगतमा पनि पहिरो गएको उनले बताए । पहिरोबाट नजिकैको वस्ती जोखिममा परेको छ । यद्यपि, आजको  पहिरोले बस्तीमा क्षति पुगेको छैन । सो क्षेत्रबाट माथि अपिहिमालको आधार शिविर पर्दछ। 

यसअघि पहिरो खसेर सो नदी केही थुनिएको सूचना प्राप्त हुनेबित्तिकै जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचित गरेको थियो।   

प्रकाशित: १९ भाद्र २०८३ १८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App