१७ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

छुटसहित चामल बिक्री गर्दै ताप्लेजुङ, फोन गरेर आए बिदामा पनि चामल दिइने

खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले प्रतिकिलो ग्राम ५ रुपैयाँ छुट दिएर चामल बिक्री गर्न थालेको छ।

बिदाका दिनमा समेत कार्यालयमा फोन सम्पर्क गरी आउने सेवाग्राहीलाई चामल दिने व्यवस्था गरिएको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले जनाएको छ। खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका प्रबन्धक प्रकाश तिमल्सिनाका अनुसार क्विन्टल ५ सय रुपैयाँ छुट दिइ चामल बिक्री गरिरहेको छ। खाद्यले अहिले स्टिम जिरा र सोना मन्सुली गरी दुई प्रकृतिका चामल बिक्री गरिरहेको छ।

तिमल्सिनाका अनुसार दुवै प्रकृतिका गरी अहिले दैनिक ३० देखि ४० बोरा चामल बिक्री भइरहेको छ। खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका सूचना अधिकारी जालान्धरप्रसाद यादवका अनुसार दुवै प्रकृतिका गरी ३ सय क्विन्टल चामल छुट मूल्यमा बिक्री गर्ने योजना बनाइएको थियो। उक्त परिमाणमध्ये १ सय १० क्विन्टल चामल छुटसहितको मूल्यमा बिक्री भइसकेको र अब १ सय ९० क्विन्टल चामल छुटसहितको मूल्यमा बिक्री गर्न सकिने यादवले जानकारी दिए।

शाखा प्रबन्धक तिमल्सिनाका अनुसार स्टिम जिरा मसिनो चामलको साविक मूल्य प्रतिक्विन्टल ८ हजार ४ सय रुपैयाँ रहेकोमा क्विन्टलमा ५ सय रुपैयाँ छुट दिइ प्रतिक्विन्टल ७ हजार ९ सय रुपैयाँमा बिक्री गरिँदै आएको छ।

यस्तै सोना मन्सुली चामल प्रतिक्विन्टल ५ हजार ९ सय रुपैयाँमा बिक्री गरिँदै आएकोमा प्रतिक्विन्टल ५ सय रुपैयाँ छुट गरी अहिले प्रतिक्विन्टल ५ हजार ४ सय रुपैयाँमा बिक्री भइरहेको समेत शाखा प्रबन्धक तिमल्सिनाले जानकारी दिए।

प्रकाशित: १८ जेष्ठ २०८३ १२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App