२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङ सरोकार केन्द्रले भेट्यो मन्त्री घिसिङ, ऊर्जाका मागपत्र पेस

ताप्लेजुङ सरोकार केन्द्रले भौतिक पूर्वाधार तथा ऊर्जामन्त्री कुलमान घिसिङमार्फत तमोर जलाशययुक्त परियोजनादेखि तमोर करिडोर सडक निर्माणसम्ममा ध्यान दिन सरकारको ध्यानाकृष्ट गरेको छ।

सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङको अगुवाइमा गएको टोलीले ताप्लेजुङ जिल्लाका सडक, ऊर्जा र पुल निर्माण सम्बन्धी मागपत्र पेस गरेको हो। सरोकार केन्द्रले तमोर करिडोर सडक (मूलघाट–दोभान–ओलाङचुङगोला–टिपताला)को स्तरोन्नती संगै तमोर करिडोर क्षेत्रमा पर्ने लिम्बुनी पुलदेखि अन्य क्षेत्रमा चाहिने पुल पुलेसा निर्माणमा ध्यान दिन सरकारको ध्यानाकृष्ट गरेको हो।

यस्तै सुकेटार–काफ्लेपाटी सडकखण्ड कालोपत्रे गर्ने कार्य पूरा गर्न उचित बजेटको व्यवस्था गर्न, निघुरादिन–ढुङ्गेसाँघु सडक तत्काल पूरा गर्न र निर्माणाधीन बहानन्दे–दोभान सडकमा बजेटको अभाव हुन नदिन समेत सरोकार केन्द्रले भौतिक पूर्वाधार तथा ऊर्जामन्त्री घिसिङको ध्यानाकृष्ट गरेको छ। सरोकार केन्द्रले ऊर्जातर्फ ७ सय ६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त परियोजनाको प्रारम्भिक काम तत्काल सुरु गर्न र ताप्लेजुङका विभिन्न क्षेत्रमा वितरण गरिएको विद्युत प्रसारण लाइनलाई सुरक्षित र जोखिममुक्त बनाउन सरकारको ध्यानाकृष्ट गरेको छ।

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौं, ताप्लेजुङ जन्मघर भई पेसा व्यवसायको सिलसिलामा उपत्यकामा बसोबास गर्नेहरूको संस्था हो। यस्तै संस्थाको रूपमा ताप्लेजुङ समाज समेत क्रियाशील रहेको छ। 

प्रकाशित: १२ आश्विन २०८२ ११:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App