मकवानपुरको भीमफेदी गाउँपालिका–१ सुन्दरीमोडमा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
ना १ ज २१४३ नम्बरको सुमो आज बिहान करिब ८ः३० बजे दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकसहितको टोली, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक, भीमफेदी प्रहरी तथा सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ।
प्रकाशित: ३ मंसिर २०८३ ०९:४५ बिहीबार


-600x400.jpg)


