१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

मानव बेचविखन नियन्त्रणमा चुनौती बन्दै सामाजिक सञ्जाल

रोजगारीलगायतका विभिन्न प्रलोभनमा पारी भरततर्फ शंकास्पदरुपमा लैजाँदै गरेका १०८ जना महिला तथा बालिकाको नेपाल–भारत स्थित सीमा नाकाबाट उद्दार गरिएको छ । मानव बेचविखनको क्षेत्रमा कार्यरत संस्था माइती नेपाल विराटनगरले बुधबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो ।  

माइती नेपाल विराटनगर कार्यालयका प्रमुख विनोद पोखरेलका अनुसार मोरङका सीमा नाकाबाट एक वर्षको अवधिमा १०८ जनाको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । उद्धार गरिएका मध्ये १८ वर्ष माथिका ७६ जना र १८ वर्ष मुनिका ३२ जना रहेका छन् । सीमाबाट उद्धार गरिएकाहरू विभिन्न १९ वटा जिल्लाका रहेका छन् । उद्धार गरिएका मध्ये मोरङका मात्रै ५१ जना रहेका छन् ।  यस्तै भारतबाट माइती नेपालले दुई जनाको उद्धार गरेको पोखरेलले जानकारी दिए ।  

एक वर्षको अबधिमा माइती नेपालमा हराएकाको निवेदन ४७ जनाको परेको छ । यस्तै १३ जना भेटिएकाहरू, घरेलु हिंसा पीडितका ५४ वटा निवेदन परेको छ । माइती नेपालले एक वर्षको अवधिमा १७६ जनालाई काउन्सेलिङ गरेको जनाएको छ । विभिन्न सामाजिक सञ्जाल मार्फत चिनजान भएर भारततर्फ जानेक्रम पछिल्लो समय बढ्दै गएको देखिएको छ । मानव बेचविखन नियन्त्रणमा समाजिक सञ्जाल चुनौती बन्दै गएको माइती नेपालले जानएको छ । 

प्रकाशित: १६ पुस २०८२ १९:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App