बलात्कार गरी हत्या गरिएकी सिमराकाकी तीन वर्षीया गरिमा चौधरीका आमाबुवा सहित ६ जनालाई आज गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्न काठमाडौं लगिएको छ।
बुद्ध एयरको शनिबार ५ बजेको उडानबाट उनीहरूलाई काठमाडौं लगिएको हो।
टोलीमा गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरी तथा अन्य चार जना वार्ताका लागि काठमाडौं गएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख दयाकृष्ण भट्टले बताएका छन्।
प्रकाशित: ६ भाद्र २०८३ १८:२६ शनिबार


-600x400.jpg)


