३ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

चितवनमा बलेरोको ठक्करबाट स्कुटर चालक घाइते

चितवनको भरतपुरमा शनिबार दिउँसो बलेरो गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–१० मा भएको सो दुर्घटनामा स्कुटर चालक भरतपुर–१२ बस्ने ४० वर्षीय रमेश पाण्डे घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार दिउँसो करिब २:५५ बजे लु.प्र.०१-००१च ३४८९ नम्बरको बलेरोले ना ३६ प ९४४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका पाण्डेलाई उपचारका लागि भरतपुरस्थित पुष्पाञ्जली अस्पताल पठाइएको छ।

ठक्कर दिने बलेरो गाडी र त्यसका चालक कपिलवस्तुको जयनगर नगरपालिका–२ बस्ने २६ वर्षीय सागर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका चालक र गाडीमाथि जिल्ला प्रहरी कार्यालय चितवनले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

प्रकाशित: २ श्रावण २०८३ १६:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App