२१ असार २०८३ आइतबार
image/svg+xml
समाज

आरके मेनपावरलाई तीन लाख जरिवाना

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुपलाई कारबाही गरेको छ। विभागले उक्त म्यानपावरलाई ३ लाख रुपैयाँ जरिवाना गर्दै सचेत गराएको हो।

विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ को दफा २१ को उपदफा ३ बमोजिम इजाजतपत्र प्राप्त संस्था (म्यानपावर) ले व्यक्तिगत श्रम स्वीकृति सम्बन्धी कार्य गरी कामदार पठाउन नपाउने कानुनी व्यवस्था रहेको छ। 

उक्त कानुनी व्यवस्थाको पूर्ण पालनाका लागि विभागले मिति २०८२/१२/२७ गते सार्वजनिक सूचना समेत जारी गरेको थियो। तर, अनुसन्धानका क्रममा आरके म्यानपावरले उक्त कानुनी व्यवस्था र विभागको निर्देशन पालना नगरेको पाइएपछि विभागले मिति २०८३/०३/१८ गते कारबाहीको निर्णय गरेको हो।

विभागले ऐनको दफा ५४ बमोजिम संस्थालाई प्रथम पटकका लागि सचेत गराएको छ भने दफा ५२ बमोजिम अधिकतम ३ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।

वैदेशिक रोजगारका नाममा हुने अवैध प्रक्रिया र व्यक्तिगत श्रम स्वीकृतिको आवरणमा हुने ठगी नियन्त्रण गर्न विभागले यस्तो कदम चालेको बुझिएको छ।

प्रकाशित: १९ असार २०८३ ०७:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App