लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बाहुल्य रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिएको छ।
थारु समुदायको ठूलो चाड बर्का अट्वारी पर्वको अवसरमा बिदा दिइएको हो। बर्का अट्वारी पर्वमा खासगरी थारु पुरुषले उपवास बस्ने, निराहार व्रतसहित सूर्यको पूजा गर्ने धार्मिक र सांस्कृतिक परम्परा छ। थारु समुदायले सूर्यलाई उज्यालो र जीवनशक्तिको प्रतीकका रूपमा मान्छन्।
यो पर्वले धर्म, संस्कृति र परम्परा संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख छ।
प्रकाशित: ८ भाद्र २०८२ १०:२८ आइतबार





