२९ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
समाज

सडक, विद्युत र टेलिफाेन माग्दै धर्ना

सल्यानकाे कालिमाटी गाउँपालिका-७ का वडाध्यक्ष मित्रलाल रिजाल तीन दिनदेखि कर्णाली प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा धर्ना दिइरहेका छन्।

उनले तीन बुँदे माग राखेर जेठ १ गतेदेखि मुख्यमन्त्री कार्यालयकाे बाहिर धर्ना दिइरहेका हुन्। घुईयाबारी-स्वामीबास-बबई सडककाे स्तरवृद्धि तथा कालोपत्र हुनुपर्ने, टेलिकम टावर निर्माण र विद्युतीकरणकाे माग राख्दै धर्ना बसिरहेका छन्।

'यी तीन माग आगामी वर्षकाे बजेटमा समावेश नहुँदासम्म धर्ना जारी राख्छु,' वडाध्यक्ष रिजालले भने, 'जनताकाे सेवा गर्छु भनेर जितेकाे हुँ, ती पूरा नहुँदासम्म धर्ना राेक्दैन।'

अध्यक्ष रिजाल रातिकाे समयमा पनि धर्ना स्थलमै सुत्ने गरेका छन्।

प्रकाशित: ३ जेष्ठ २०८३ १०:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App