निजी सवारी साधनलाई सुर्खेतमा संयुक्त यातायात समितिले दुःख दिएको भन्दै कालिकोटमा पनि व्यवसायीले गाडी रोकेर आन्दोलन सुरु गरेका छन्।
निजी सवारी साधनलाई सुर्खेतमा समितिले रोक्ने, चालकमाथि हातपात गर्ने र धम्काउने जस्ता कार्य भएको भन्दै आजदेखि रास्कोटबाट छुट्ने निजी गाडीहरूले शान्तिपूर्ण आन्दोलन गरेका हुन्।
‘रातो प्लेटका गाडीहरूले सिट क्षमतासम्मका यात्री बोक्न पाउनुपर्यो, आफ्नो इच्छा अनुसार यात्रुहरूले जुनसुकै सवारी साधन प्रयोग गर्न पाउने माग छ,’ सवारी चालक विशाल धमलाले भने।
सुर्खेतमा समितिको हातपातले सवारी चालक अर्जुन बमको हात समेत भाँचिएको उनको भनाइ छ। बम आधुनिक मोबाइल ग्यालरीका चालक हुन्।
सार्वजनिक यातायात समितिले दमन गरेको र रातो प्लेटका गाडीहरूले सिट क्षमतासम्मका यात्री बोक्न पाउनुपर्ने माग रहेको सवारी धनी पवन बमले बताए। उनका अनुसार रातो प्लेटका गाडीहरू सुर्खेतबाट यात्रु बोक्न नपाउने गरेको र समितिले दुःख दिने गरेको छ।
प्रकाशित: २० चैत्र २०८२ ०८:४२ शुक्रबार





