८ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

पृथ्वी राजमार्ग बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म बन्द गरिने

लगातारको वर्षासँगै पहिरो र बाढीको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार रातिदेखि पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।

प्रशासनले बिहीबार एक सूचना जारी गर्दै बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको हो।

धादिङ र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यो निर्णय लिइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले जानकारी दिइन्।

बाढी, पहिरो तथा डुबानबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति रोक्न र यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न आवागमन रोक्नुपरेको प्रशासनले बताएको छ।

प्रशासनले सर्वसाधारण तथा सवारी चालकहरूलाई मौसम र सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त ठाउँहरूमा नजान र सुरक्षा निकायबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्न आग्रह गरेको छ।

प्रकाशित: ८ आश्विन २०८३ १४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App