२ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

जनकवि श्रेष्ठको निधनमा प्रधानमन्त्री शाहले लेखे: उहाँले देखाउनुभएको मार्गमा हामी निरन्तर हिँडिरहनेछौँ

प्रधानमन्त्री बालेन्द्र शाहले जनकवि दुर्गालाल श्रेष्ठको निधनमा गहिरो दुःख व्यक्त गरेका छन्।  

मंगलबार सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रधानमन्त्री शाहले भौतिक रुपमा श्रेष्ठ नरहेपनि उनका सिर्जना र विचारहरू सधैं जिवित रहेको बताएका छन्।  

कवि श्रेष्ठका चर्चित केही सिर्जनाका अंश पनि उल्लेख गर्दै प्रधानमन्त्रीले लेखेका छन्, 'जनकवि दुर्गालाल श्रेष्ठज्यू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। भौतिक रूपमा उहाँ हामीमाझ नरहे पनि उहाँले देखाउनुभएको बाटो, उहाँका सिर्जना र विचारहरू सधैँ हामीमाझ जीवित रहनेछन्। उहाँले देखाउनुभएको मार्गमा हामी निरन्तर हिँडिरहनेछौँ। हार्दिक श्रद्धाञ्जली!'

गीतकार तथा जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षकको उमेरमा आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको थियो। 

प्रकाशित: २ भाद्र २०८३ १५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App